|  

संसदमा दर्ता भयो शिक्षा विधेयक, के छ नयाँ व्यवस्था ? (पूर्णपाठ)

२७ भदौ, काठमाडौं ।  प्रतिनिधिसभामा शिक्षा विधेयक दर्ता भएको छ ।

लामो समयदेखि रोकिएर बसेको विद्यालय शिक्षासम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले दर्ता गरेका हुन् ।

साउन १६ गते नै मन्त्रिपरिषद् बैठक शिक्षा विधेयक संसदमा पेश गर्नु स्वीकृत दिएपछि आज शिक्षामन्त्री राईले विधेयक दर्ता गराएका हुन् ।

विधेयकमा राष्ट्रिय परीक्षा बोर्ड, शिक्षक सेवा आयोगको व्यवस्था गराएको छ । विद्यालयको प्रधानाध्यापकको छनोट सम्बन्धी व्यवस्था पनि प्रस्ताव गरिएको छ ।