|  

अब गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजी भाषामै पढाउनु पर्ने

२७ भदौ, काठमाडौं ।  अब विद्यालयका शिक्षकले गणित, विज्ञान र कम्प्युटर अंग्रेजी भाषामै पढाउनु पर्ने सरकारले नयाँ कानून प्रस्ताव गरेको छ ।

विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा उक्त प्रस्ताव गरिएको छ । शिक्षणको माध्यम भाषा नेपाली, संस्कृत, मातृभाषा वा अंग्रेजी जुन सुकै भए पनि गणित, विज्ञान र कम्प्युटरको पढाउने भाषा भने अंग्रेजी नै हुनुपर्ने प्रस्ताव गरिएको छ ।