|  

हेटौंडाका सबै स्वास्थ्य संस्था बन्द

२९ भदौ, काठमाडौं । आकस्मिक बाहेकका हेटौंडाका सम्पूर्ण स्वास्थ्य संस्थाले सबै सेवाहरू बन्द गरेका छन् । 

चिकित्सक कुटपिटको विरोध तथा सो घटनामा संलग्नलाई कारवाहीको माग गर्दै हेटौंडाका सरकारी तथा निजी स्वास्थ्य संस्थाका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको हो । सुरक्षा नभएको तथा यथास्थीतिमा उपचार सेवा दिन नसक्ने भन्दै हेटौंडाका चिकित्सकहरूले आकस्मिक बाहेक सबै सेवा बन्द गराएको जनाइएको छ ।