|  

दीपक-दीपाको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा   

२९ भदौ, काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै नयाँ सिनेमा हल सञ्चालनमा आएको छ ।

दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरेको सिनेमा हल आईएनआई आजबाट सञ्चालनमा आएको हो । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र हास्य कलाकार हरिवंश आचार्यले आज बिहान हल उद्घाटन गरेका हुन् । हलको उद्घाटनपछि उनीहरूले आईएनआई सिनेमा हलले चलचित्र क्षेत्रको श्रीवृद्धिमा थप योगदान पुर्‍याउने बताए ।

दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले नेपाली सिनेमा उद्योगमा ठूलो योगदान पुर्‍याएको भन्दै हल सञ्चालनसँगै थप महत्वपूर्ण योगदान खेल्ने विश्वास लिएको उनीहरूले बताए । हलमा आजबाट प्रदर्शनमा आएका सिनेमा ‘नाङ्गो गाउँ’ र ‘एक भगवत र एक गीत’ तथा ‘जवान’ र ‘दि नुन–२’ प्रदर्शन हुने छन् ।

नयाँबानेश्वर–शंखमुल रोडमा निर्माण भएको सिनेमा हल महलको माथिल्लो दुई तलामाथि निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहेको सिनेमा हलमा ३८७ सिट रहेका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मालगायत ‘छक्का पञ्जा’ टिमको कम्पनीको लगानी रहेको छ ।