|  

काठमाडौंको तीनकुनेमा चार जनाको हत्या !

३० भदौ, काठमाडौं ।  काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ । काठमाडौं महानगरपालिका-३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो ।

घटनाबारे प्रहरीलाई गएराति ११ः२३ बजे सूचना प्राप्त भएको थियो । तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो । उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । हत्या भएकामध्ये तीन जना एकै परिवारका हुन् ।

हत्या हुनेहरूमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी  श्रीमती शुभद्र वाइवा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको छन् । घटनापछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

हत्या पक्राउ पर्ने व्यक्ति कुमारका नातेदार पर्छन् । अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।