|  

शिक्षा विधेयकप्रति शिक्षक महासङ्घको असन्तुष्टि

३० भदौ, काठमाडौं ।   नेपाल शिक्षक महासङ्घले सङ्घीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका पेसागत सवालमा असन्तुष्टि जनाएको छ ।

महासङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी अस्थायी प्रकृतिका शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कनलगायतका विषयमा सम्बोधन गर्न असन्तुष्टि जनाएको हो ।

महासङ्घका अध्यक्ष अध्यक्ष कमला तुलाधरले सरकारले आफूहरूसँग गरेको सहमतिलाई बेवास्ता गरेको जनाउँदै आफूहरू बाध्यतावश आन्दोलनमा जान लागेको बताए ।