|  

‘एक भागवत र एक गीता’को विशेष शोमा विपिनको प्रशंसा

३० भदौ, काठमाडौं ।  फिल्म ‘एक भागवत र एक गीता’ले विशेष शोमा सकारात्मक प्रतिक्रिया पाएको छ ।

शुक्रबार साँझ कमलपोखरी स्थित बिग मुभिजमा आयोजित विशेष शोमा  फिल्मकर्मी, पत्रकार र राजनीतिक व्यक्तित्वको उपस्थिति रहेको थियो । फिल्म हेर्ने अधिकांशले फिल्मको विषयवस्तु र अभिनेता विपिन कार्कीको भूमिकाको प्रशंसा गरे । निर्माता तथा निर्देशक आकाश अधिकारी, कलाकार किरण केसी फिल्मको विषय बस्तु नौलो रहेको भन्दै निर्माणमा निर्माताले देखाएको आँटको तारिफ गरे ।

झरना थापाको निर्देशनमा तयार भएको फिल्मले तेस्रो लिङ्गीको कथा भन्छ । विपिन कार्की, सुहाना थापा, धिरज मगर, कबिर खड्काको मुख्य अभिनय फिल्ममा छ । फिल्म शुक्रबारबाट देशभर प्रदर्शनमा आएको हो । फिल्मको शुक्रबारको व्यवसाय राम्रो रहेको निर्माता सुनिल कुमार थापाले बताए ।