|  

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

३० भदौ, काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो सवा १ बजे चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडामा पेट्रोल बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । 

खाडिचौरबाट बन्देउ जाँदै गरेको ना ८ ख ३७६ नम्बरको पेट्रोल बोक्ने ट्यांकरले बा.प्र. ०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङले ज्यान गुमाएका हुन् । गम्भीर घाइते भएका उनीहरुको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएको छ ।