३१ भदौ, काठमाडौं । युरोपियन युनियनले सामाजिक सञ्जाल प्लेटफर्म टिकटकलाई बच्चाहरु संग सम्बन्धित व्यक्तिगत डाटा को सही ह्यान्डल नगरेका भन्दै करिब ३७० मिलियन डलर जरिवाना लगाएको छ ।
आयरल्याण्डको डाटा प्रोटेक्शन कमिसनले आफ्नो अनुसन्धानमा टिकटकमा बालबालिकाको खातासँग सम्बन्धित जानकारी सर्वसाधारणका लागि सार्वजनिक गरिएको पत्ता लगायो।
डाटा संरक्षण आयोगले यो चिनियाँ स्वामित्वको प्लेटफर्मको आलोचना गर्दै यहाँ १३ वर्ष भन्दा कम उमेरका बच्चाहरूले पनि सजिलैसँग आफ्नो खाता बनाउन सक्ने बताएको छ ।