|  

जनमोर्चा उपाध्यक्ष पौडेल ह्याम्स अस्पताल भर्ना

३१ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् पूर्वसांसद दुर्गा पौडेललाई डेंगु संक्रमण भएको छ ।

उच्च ज्वरो आएपछि परीक्षण गर्दा पौडेललाई डेंगु संक्रमण पुष्टि भएको हो। हाल उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।भदौ २९ गते अस्पताल भर्ना भएकी पौडेलको शरीरमा रगतको कमी देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

पौडेलले केही दिनअघि गृहजिल्ला प्युठान गएकी थिइन् । त्यहीँ उनलाई डेंगु भएको आशंका गरिएको छ। पौडेल प्युठानबाट २०७४ सालमा प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन् ।