|  

भारतविरुद्ध श्रीलंकाले जित्यो टस

३१ भदाै, काठमाडाैँ । एसिया कप क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन् । उपाधिका लागि हुने खेलमा भारतविरुद्ध श्रीलंकाले पहिला ब्याटिङ गर्ने भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा केही बेरपछि सुरु हुने खेलका लागि भएको टस जितेर घरेलु टिमका कप्तान दासुन सनाकाले ब्याटिङको निर्णय गर्दै भारतलाई फिल्डिङको निम्तो दिए ।

आजको खेलमा भारत रोहित शर्माको कप्तानीमा मैदान उत्रने छ भने श्रीङ्का दासुन शनाकाको कप्तानीमा मैदान उत्रने छ।

भारतले हालसम्म ७ पटक एसिया कपको उपाधि जितिसकेको छ भने श्रीलङ्काले ५ पटक उपाधि उचालेको छ। भारतले ३ पटक श्रीलङ्कालाई फाइनलमा पराजित गरेको छ।