|  

एसिया कप : श्रीलंकाले १२ओभर खेल्दा ८ विकेट गुमायो 

३१ भदाै, काठमाडौं । एसिया कप क्रिकेटको फाइलनमा श्रीलंकाले १२ ओभर खेल्दा ८  विकेट गुमाएको छ। श्रीलंकाका भरपर्दा ब्याटरहरु सस्तैमा आउट भएपछि श्रीलंका संकटमा परेको छ। 

श्रीलंका चार जना ब्याट्सम्यान शून्यमै आउट भए भने अरु ३ जनाले] दोहोरो अंक बनाउन सकेनन्। श्रीलंकालाई सस्तैमा समेट्न भारतीय बलर मोहमद शिराजको भूमिका रह्यो। उनले ३ ओभरमा ६ रन दिएर पाँच विकेट लिए।

टस जितेर ब्याटिङ गरेको श्रीलंकाका लागि माथिल्लो क्रममा कुनै पनि ब्याटरले भरपर्दो साथ नदिएपछि तल्लो क्रमबाट केही आसा गरेको छ। 

यसअघिको उपाधि विजेता भारतलाई पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रेको श्रीलंका आफ्नै मैदानमा ठूलो अन्तरले पराजित हुनुपर्ने अवस्थाबाट जोगाउन अब क्रिजमा आउने ब्याट्सम्यानले धैर्यताका साथ ब्याटिङ गर्नुपर्ने देखिन्छ।