|  

एशिया कप :  फाइनलमा भारतविरुद्ध श्रीलंका ५० रनमा अलआउट

३१ भदाै, काठमाडौं ।  एशिया कपको फाइनलमा श्रीलंका ५० रनमा अल आउट भएको छ ।

कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा फाइनल खेलमा भारतविरुद्ध टस जितेर पहिला ब्याटिंग गरेको श्रीलंका १५.२ ओभरमा अल आउट हुदै ५० रन मात्र बनाएको हो ।

श्रीलंकाका एक्दिवासिय अन्तर्राष्ट्रिय खेलको इतिहासमा यो दोस्रो कम टोटल हो । यस अघि श्रीलंका २०१२ मा दक्षिण अफ्रिकाविरुद्ध ४३ रनमा अल आउट भएको थियो ।

यस खेलमा श्रीलंकाका कुसल मेन्डीसले १७ तथा दुशान हेमान्थाले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

त्यस्तै श्रीलंकाको ब्याटिंग लाइन ध्वस्त बनाउन भारतीय बलर मोहमद सिराजले सर्बाधिक ६ विकेट लिए । त्यसैगरी हार्दिक पाण्डेयले ३ तथा जसप्रित बुमराहले एक विकेट लिएका थिए ।