|  

सिन्धुलीमा मोटरसाइकल र अटो ठोक्किँदा १ महिने शिशुको मृत्यु

१ असोज, काठमाडौं।  सिन्धुलीमा मोटरसाइकल र अटो ठोक्किँदा शिशुको मृत्यु भएको छ।

आइतबार दिउँसो दुधौली नगरपालिका-२ बसनियास्थित सडकमा मोटरसाइकल र अटो ठोक्किँदा एक शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

स.९ प.३४ ८९ नम्बरको मोटरसाइकल र प्र.२–०२–००१ ह १८२८ नम्बरको अटो ठोक्किएको हो। अटोमा सवार दुधौली–३ झुगाँ बस्ने ३५ वर्षीया रविना धामीका १ महिने शिशुको उपचारको क्रममा मृत्यु भएको थियो।

साथै मोटरसाइकलमा सवार दुई जना र अटोमा सवार चार जना घाइते भएका थिए। ३ जनाको उपचारको लागि जिल्ला अस्पताल सिन्धुलीबाट काठमाडौंस्थित ट‍्रमा सेन्टरमा रिफर गरिएको छ।

३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। अटो चालक भने फरार भएका छन्।