|  

आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

१ असोज, काठमाडौँ । राहदानी विभागले सोमबारदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जनाएको छ । 

विभागका अनुसार सोमबारदेखि सर्वसाधारणले ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने भएको हो । यसबारे आइतबार नै सूचना जारी गरेर विभागले सोमबारबाट ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी दिएको थियो ।