१ असोज, काठमाडौं । सिन्धुलीमा आगोमा परी एक जना नाबालकको मृत्यु भएको छ ।
सोमबार मरिण गाउँपालिका–३ बरूण बस्ने दुधराज मुक्तानका ३ वर्षीय छोरा मनिष मुक्तानको मृत्यु भएको हो । बालकलाई भान्सामा झुलुंगेमा राखेर अरू खेतमा गएका थिए ।
त्यसबेला झुलुंगेबाट खसेर चुलोमा बलेको आगोमा परी बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । बालकको पिठ्यु, टाउको पछाडिको भाग र कोखा पेट समेत जलेको थियो।
घर परिवारले फेला पारेपछि इलाका प्रहरी कार्यालय कपिलाकोट सिन्धुलीबाट खटिएको टोलीले अनुसन्धान गरिरहेको छ।