|  

पूर्वी नवलपरासी नदीमा डुबेर दाजुभाइको मृत्यु

१ असोज, काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोटमा नारायणी नदीमा डुबेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

गैंडाकोट नगरपालिका-७ का सुमन कुमालका ९ र १४ वर्षका छोराको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा १४ वर्षीय सविन कुमाल र ९ वर्षीय संगम कुमालको डुबेर मृत्यु भएको हो । डुबेका बालकलाई उपचारका लागि चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

अस्पतालमा चिकित्सकले बालकहरूलाई मृत घोषणा गरेको हो । साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नारायणी नदीमा डुबेका हुन् । प्रहरी र स्थानीयले तत्कालै उद्धार गरे पनि बचाउन नसकिएको स्थानीयको भनाइ छ ।