|  

साँझ ५ बजेसम्म पौने तीन लाखले गरे पशुपति दर्शन

१ असोज, काठमाडौं ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज)पर्व आज तिर्थालुहरूले पूजा आराधना मनाइरहेका छन् ।

पर्वका अवसरमा आज बिहानैदेखि विभिन्न महादेव मन्दिरमा दर्शनार्थीको ठूलो भिड छ । काठमाडौंको पशुपति, डोलेश्वर, कुम्भेश्वर, भालेश्वर लगायतका महादेव मन्दिर उपत्यका बाहिरका विभिन्न मन्दिरमा दर्शनार्थीले पूजा गरी नाचगान गरिरहेका छन् ।

यसैबीच काठमाडौंको पशुपति नाथमा आज अपराह्न पाँचबजेसम्म झण्डै पौने तीन लाख दर्शनार्थिले मन्दिर प्रवेश गरेर दर्शन गरेका छन् । अपराह्न पाँच बजेसम्म करिब पौने ३ लाखले दर्शन गरेका छन् । अब बेलुका ९ बजेसम्म तीन लाखले दर्शन गर्ने अपेक्षा छ ।