|  

सुहाङ नेम्वाङ भन्छन्- बुवाका अधुरा कार्य सामाजिक र कानुनी हिसाबले पुरा गर्न लागिरहन्छु

२ असोज, काठमाडौँ । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले बुवाले अधुरो छोडेका कामहरुलाई आफूले सामाजिक र कानुनी हिसाबले पुरा गर्नतर्फ लाग्ने बताएका छन् ।  

राजनीतिमा अवसर पाउनुपर्छ भनेर आफूले नठानेको बताएका सुहाङले बुबाको सपना पूरा गर्न भने लागिरहने बताएका हुन् ।

मंगलबार एमाले इलामले आयोजना गरेको श्रद्धाञ्जली सभामा सुहाङले आफ्ना बुबा सधैँ लवकतन्त्र र बहुदलीय प्रतिस्पर्धाको हिमायती भएको स्मरण गरे । स्व. नेम्वाङले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुत होस् भन्ने चाहेको सुहाङले बताए ।

आफ्ना बुबाको मृत्युपछि आर्यघाटसम्मको व्यवस्थापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र राजकीय सम्मानका लागि सरकारलाई उनले धन्यवाद दिए ।

राजनीतिक परिवारमा जन्मेकै कारण अवसर पाउनुपर्छ भनेर आफूले नसोच्ने सुहाङको भनाइ छ । तर, बुबाको सपना पूरा गर्न भने लागिरहने उनले बताए ।

सुहाङ नेम्वाङ भन्छन्- बुबाको सपना पूरा गर्न लागिरहन्छु