|  

गुण्डा नाईकेलाई फिल्मीशैलीमा दिईयो आममाफी (भिडियोेसहित)

५ असोज, काठमाडौं । व्यक्ति हत्यामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल(रिगल )लाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका छन् ।

नेपालगञ्जका गुण्डा नाइके रिगलले संविधान दिवसमा ६० प्रतिशत सजाय माफी मिनाहा पाएका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए ।

४० प्रतिशत मात्र सजाय काटेका ढकाललाई माफी दिन जिल्ला कारागारबाटै सिफारिस गराइएको थियो । २०७२ साल असार २८ गते नेपालगन्जको व्यस्त बजार धम्बोझीचोक नजिकै दिनदहाडै खुँडा प्रहार गरी २९ वर्षीय चेतन मानन्धरको हत्या गरेको अभियोगमा गुन्डा नाइके रिगललाई सर्वस्व सहित जन्मकैदको फैसला भएको थियो ।

भिडियोे