|  

कोशीमा कांग्रेस संस्थापनइतर पक्षले माग्यो  उद्धव थापाको राजीनामा

५ असोज, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको राजीनामा माग गरेको छ ।

दुई पटक मुख्यमन्त्री नियुक्त भए पनि सर्वोच्च अदालतको आदेशपछि पदमुक्त भएका थापाको नैतिकताका आधारमा संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने नेताहरुको माग छ । कांग्रेस संसदीय दलको निर्वाचनमा थापासँग प्रतिस्पर्धा गरेका संस्थापनइतर समूहका नेता केदार कार्कीले दलका नेता उद्धव थापाले नैतिकताका आधारमा निकास दिनुपर्ने बताए ।

उहाँले नैतिकताका हिसाबले निकास निकास दिनु भए राम्रो हुन्छ’, उनले भने, ‘मलाई लाग्छ उहाँले दलको नेताबाट निकास दिनुहुन्छ ।’ थापा कांग्रेसभित्र कृष्णप्रसाद सिटौला निकट नेता हुन्, तर पछिल्लो समय संस्थापन समूहको पनि उनलाई साथ छ ।