|  

समिटले छोडेका डाक्टरहरूलाई लिन गयो नेपाल एयरलाइन्सको जहाज

९ असोज, काठमाडौं । समिट एयरले मुगुको ताल्चा विमानस्थलमा छाडेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाज पठाइएको छ ।

टिकट लिइसकेका चिकित्सकहरूलाई समिटको जहाजले छाडेर नेपालगञ्ज विमानस्थल उडेको थियो । विमानस्थलमा १६ जना चिकित्सक छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले छुटेका चिकित्सकहरूलाई लिन नेपाल वायु सेवा निगमको जहाजपठाइएको बताए ।