१० असाेज, काठमाडाैँ । स्ट्रेटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटी नेपाल नामक गैह्रसरकारी अनुसन्धानमूलक संस्था हाइप्रोफाइल व्यक्तित्वहरुको सहभागितामा भर्खरै दर्ता भएको छ ।
संस्थामा नेपाल प्रहरीका पूर्व महानिरिक्षक प्रकाश अर्याल, ससस्त्र प्रहरीका पूर्व महानिरिक्षक सिंह बहादुर श्रेष्ठ, त्रिभूवन विद्यविद्यालयको राजनैतिकशास्त्रको पूर्व विभागिय प्रमुख प्रा. डा. राजकुमार पोखरेल, त्रिभूवन विद्यविद्यालयको संस्कृतिशास्त्रको विभागिय प्रमुख प्रा.डा. शोम प्रसाद खतिवडा, लामो समय युएनमा कार्य गरेका डा. गिरी पन्थी, पूर्व प्रशासक डा. गोकुल वुर्लाकोटी, नेपाली सेनाका पूर्व जनरल रामनाथ ढुङ्गाना, विश्व हिन्दु महासंघको पुर्व अध्यक्ष प्रमोद कुमार चौरडिया, विश्व हिन्दु महासंघको कोषाध्यक्ष श्याम सुन्दर क्षेत्री, विगत २२ वर्ष देखि अमेरिकाको म्यारील्याडमा रेष्टुरेन्ट व्यावसाय गरेर बसेका चर्चित समाजसेवी चन्द्र प्रकाश शर्मा वेलवासे, समाजसेवी शरिता हमाल र पत्रकार तथा वजारव्यावस्थापक शंगिता सर्मा समेत संस्थामा समेटिएका छन् ।
आरती साप्ताहिकको पूर्व सम्पादक तथा युवा व्यवसायी नवराज लम्सालको पहलकदमीमा निर्माण भएको अनुसन्धानमुलक संस्थाले नेपालमा वर्तमानमा देखिएको विविध समस्याहरुको विषयमा वहस पैरवी, छलफल, अध्ययन, अध्यापन र अनुसन्धान गर्ने छ । संस्थाको उद्देश्यहरुको वारेमा प्रष्ट पार्दै नवराज लम्सालले भने संस्थाको नाम अनुरुप नै यस संस्थाको मुल उद्वेश्य अध्ययन अनुसन्धान नै हो । यो संस्थाले नेपाल र नेपाली जनता संग सम्बन्धित् सामाजिक, आर्थिक, संस्कृतिक, सनातन परम्परा, बालअधिकार, मानवअधिकार, तथा मुलुकको सार्वभौमिक हितका विषयमा छलफल, बहस, अध्ययन र अनुसन्धान गर्नेछ।
यस संस्थाले ग्लोवल वार्मिङ्ग, नन् टेडिष्नल सेक्युरिटी ( फुड सेक्युरिटी, हेल्थ सेक्युरिटी, वाटर सेक्युरिटी) वेष्ट म्यानेजमेन्ट लगायतका विषय तथा जनसरोकारको विविध विषयमा अध्ययन अनुसन्धान गर्नेछ ।यस संस्थाले नेपाल भारत दुईपक्षीय, नेपाल चीन दुईपक्षीय, नेपाल अमेरिका दुइपक्षीय नेपाल, भारत, चीन त्रिपक्षिय, नेपाल, अमेरिका, चीन त्रिपक्षिय, युरोपीयन युनियन, कोरिया, जापान, अष्ट्रिलिया लगायत देश तथा नेपाल संग कुटनैतिक सम्बन्ध स्थापित भएका बहुपक्षीय देशहरु संगको विविध विषयहरुमा अध्ययन, अनुसन्धान, वहस तथा कुटनैतिक विषय संग सम्वन्धित भएर विश्व समुदाय संग मैत्रीपूर्ण सम्वन्धलाई बलियो वनाउन सक्दो प्रयास गर्नेछ।