|  

भारतीय सेना प्रमुख पाण्डेद्वारा विभिन्न देशका सेनाप्रमुखसँग अन्तरक्रिया

११ असोज, काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डेले विभिन्न देशका सेना प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन् ।

उनले नेपालसहित बंगलादेश, बेलायत, कम्बोडिया, फ्रान्स, मलेसिया, न्युजिल्यान्ड लगायतका सेना प्रमुखहरुसँग अन्तरक्रिया गरेका हुन् । दुई देशका सेनाबीच रक्षा सहयोग र द्विपक्षीय सम्बन्ध अभिवृद्धि गर्ने विषयमा छलफल भएको बताइएको छ।

त्यसका साथसाथै सैन्य कूटनीति र संकट न्यूनीकरण, घरेलु रक्षा उत्पादनको प्रदर्शन, बहुपक्षीय सुरक्षा साझेदारी र इन्डो-प्यासिफिकको विश्वव्यापी महत्वबारे विशेष छलफल भएकाे छ ।