११ असोज, काठमाडौं । नेकपा (एमाले)ले मधेस प्रदेशमा दुई वटा नारासहित प्रथम अधिवेशन गर्ने भएको छ ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गरी एमालेले यही असोज २४ र २५ गते हुने प्रदेशको अधिवेशनको नारा र लोगो सार्वजनिक गरेको छ।
एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन् ।
एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ नारा राखिएको हो।