आइतवार १३ जेष्ठ, २०८२  | Sunday 25 May, 2025 

इजिप्टबाट फर्किए अर्थमन्त्री महत

११ असाेज, काठमाडौंँ । अर्थमन्त्री डा. प्रकाशशरण महत एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका छन्। इजिप्टमा  आयोजित बैठकमा ८६ देश सहभागी थिए।


बैठकमा अर्थमन्त्री डा. महतले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्‍ने भएकाले छुट्टै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्‍ट्रलाई आह्‍वान गरेका थिए।

अर्थमन्त्री डा. महतले विश्‍व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए। उक्त चुनौती सम्बोधनका लागि एसियाली पूर्वाधार लगानी बैंक लगायतका बहुपक्षीय विकास बैंकहरूको भूमिका महत्वपूर्ण रहने अपेक्षा पनि मन्त्री महतले गरेका थिए।