|  

कोशीमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छः पोखरेल

१२ असोज, काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेलले पहिचानको नाममा अहिले एमालेविरुद्व षडयन्त्र भइरहेको बताएका छन् ।

एमाले कोशी प्रदेशको उद्घाटनमा कार्यक्रमामा बोल्दै उनले पहिचानका नाममा एमालेविरुद्ध राजनीति भइरहेको बताए । उनले भने,‘कोशी प्रदेशमा एमालेको नेतृत्व हुँदा पहिचानवाद जाग्ने तर अरुको नेतृत्व हुँदा पहिचानवाद सुत्ने गरेको छ । ’पोखरेलले पहिचानको नाममा एमालेका विरुद्ध राजनीति गरिरहेको कुरा बुझ्न सबैलाई आग्रह गरे ।

उनले अहिले क्षेत्रीय दलका नाममा जातजाति बीचमा बिभाजन गर्न खोजिएको बताए ।‘अहिले जातिय र धार्मिक अतिवाद शुरु भएको छ’ उनले भने,‘अतिवाद निम्त्याएर एमालेलाई पहिचान विरोधी पार्टीको रुपमा स्थापित गर्न खोजिएको छ ।

एमाले पहिचान विरोधी पार्टी नभएको दावी गर्दै सबै जात जाती र धार्मिक समुदायको समस्या बुझ्ने पार्टी हो ।’