|  

कोशी कांग्रेस संसदीय दल बैठकः थापालाई मुख्यमन्त्रीमा अगाडि सार्न सकिँदैन भनेपछि माइन्युट खोसाखोस

१३ असोज, काठमाडौं ।  नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा नेताहरूबीच भनाभन भएको छ ।

शुक्रबार संसदीय दलको कार्यालयमा बसेको बैठकमा विवाद हुँदा बैठक पुस्तिका (माइन्युट) खोसाखोस भएको खुलेको छ । दलका नेता उद्धव थापाले आगामी बन्ने प्रदेश सरकार कांग्रेसकै नेतृत्वमा बनाउन पहल गर्ने निर्णय लेख्न प्रमुख सचेतक भूपेन्द्र राईलाई भनेका थिए । उनको शब्द भुइँमा नखस्दै सांसद केदार कार्कीले कांग्रेसको नेतृत्वमा बनाउने मात्रै लेख्न दबाब दिएका थिए । कार्कीलाई अन्य केही सांसदहरूले समेत साथ दिएको बताइएको छ ।

दुई–दुई पटक सर्वोच्चले बर्खास्त गरी सकेका व्यक्तिलाई मुख्यमन्त्रीमा अगाडि सार्न सकिँदैन भनेपछि विवाद बढेको थियो । तर नेता थापाले आफैँ नै नाम लेख्न भनेर अडान राखेपछि विवाद बढेको बताइएको छ । विवाद सिर्जना भएपछि नेताहरूबीच झण्डै हात हालाहालको अवस्था बनेको थियो ।

नेताहरूले तँ-तँ र म-म गरी हाल्नुभयो । त्यहाँ प्रमुख सचेत र कार्कीबीच केहीबेर चर्काचर्की चल्यो,’ एक सांसदले भने ।   केदार कार्कीले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने निर्णय लेख्न दलका प्रमुख सचेतक भूपेन्द्र राईलाई दबाब दिएका थिए । राईले आफूले दलको नेताबाहेक अरूको नाम लेख्न नसक्ने बताएपछि विवाद उग्र बनेको थियो ।