|  

नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघ्यो

१४ असोज, काठमाडौं ।  यो वर्ष नेपालमा डेंगी संक्रमितको संख्या ३३ हजार नाघेको छ ।

इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांकअनुसार जनवरीयता सेप्टेम्बर २९ सम्म ३३ हजार २५५ जना संक्रमित भएका छन् । डेंगीबाट जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । यो वर्ष सबैभन्दा धेरै कोशी प्रदेशमा २३ हजार ५२५ जना संक्रमित भएका छन् ।

त्यस्तै, बाग्मतीमा चार हजार ६२९ र गण्डकीमा दुई हजार ९११ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । अन्य प्रदेशमा संक्रमितको संख्या एक हजारभन्दा कम छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा एक हजार १४३ जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।