१४ असोज, काठमाडौं । इन्स्टिच्युट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षित गरेको छ ।
शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षित गरिएको हो । दिक्षित विद्यार्थीहरुलाई कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले दिक्षित विद्यार्थीहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा कार्यवाहक महालेखा परीक्षक काफ्लेले यस दिक्षान्त समारोहमा दिक्षित भएका विद्यार्थीहरुलाई बधाई दिँदै नेपालमा व्यवसायिक र दक्ष लेखा परीक्षकहरूको अभाव खड्किरहेको बेला यसले त्यो अभाव परिपूर्ति हुने विश्वास व्यक्त गरे । नेपालमा करिब ६ हजार बढी सरकारी संघ संस्थाहरूमा चार्टर एकाउन्टेट राख्न सम्भव नभएको र व्यवस्थित लेखा परीक्षण हुन नसकेको सन्दर्भमा यहाँहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले दिक्षित विद्यार्थीहरुको प्रशंसा गर्दै लेखा तथा व्यवस्थापन क्षेत्रमा नेपाल थप दक्षता हासिल गरेको बताए । उनले एकाउन्ट राम्रो नहुँदा पनि व्यवासय धरासायी हुने भएकोले अब तपाईहरुले व्यवासयलाई उकास्न सहयोग गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै दिक्षित विद्याथीहरुलाई बधाई दिँदै नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष सि.ए. सुजन कुमार काफ्ले यो कोर्ष कस्ट एनालाइसिस गर्न भूमिका खेल्न सहयोग बताए ।
त्यस्तै दिक्षित भएकी विद्यार्थी प्रमिला थापाले आईसीएमए अस्ट्रेलियाले लेखा तथा व्यवस्थापन क्षेत्रमा हामीलाई थप दक्ष बनाउन सहयोग गरेको धन्यवाद दिइन । दिक्षान्त समारोह अघि सम्पन्न भएको दुई दिने कार्यशाला गोष्ठीमा नेपालमा सीएमए शिक्षाको प्रभावकारिता र महत्वको बारेमा छलफल गरिएको थियो ।
सीएमए कोर्ष भनेको विश्वव्यापी रुपमा अभ्यास गरिने लेखा तथा व्यवस्थापन विषयको अध्ययन अध्यापन हो । यसलाई विश्वमा शैक्षिक क्षेत्रमा उच्च उपाधिका रुपमा लिइन्छ । सीएमए अध्ययनको लागि व्यवस्थापन तथा वाणिज्य संकायमा स्नाकोत्तर उतीर्ण गरी कम्तीमा ५ वर्षको व्यवसायिक अनुभव आवश्यक पर्छ । यस कोर्षको अवधि तीन वर्षको हुन्छ ।
नेपालमा सीएमए अस्ट्रेलियाको अध्ययन अध्यापन सुरु भएको ५ वर्ष पुगेको छ । ५ वर्षको समयमा सीएमए प्रोग्रामले म्यानेजमेन्ट एकाउन्ट मात्र तयार गरेको छैन, यसले नेपालमा लेखा विज्ञहरुको लागि नयाँ ढोका पनि खोलिदिएको छ । अब नेपाली व्यवसायिक जगतमा फाइनन्सीयल एकाउन्टेन्टस मात्र होइन म्यानेजमेन्ट एण्ड कस्ट एकाउन्टेन्ट पनि त्यतिकै अपरिहार्य छ, भन्ने कुरा यो प्रोग्रामको लोकप्रियताबाट स्पष्ट भइसकेको छ ।
विश्वमा सीएमएका थुप्रै प्रोग्रामहरु लागू भएका छन । खास गरी अमेरिका, बेलायत र अस्टे्रलियाको सीएमए प्रोग्रामहरु विश्व बजारमा चिनिएका प्रोग्रामहरु छन् । कुनै इन्स्च्यिुटले कस्ट एण्ड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन, कसैले सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टलाई सीएमए भन्छन् । नेपालमा चलिरहेको रहेको प्रोग्राम भनेको चाहिँ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टको प्रोग्राम हो । यो इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्स (आईसीएमए) अस्ट्रेलियाले नेपालमा संचालन गरेको कार्यक्रम हो ।