१४ असोज, काठमाडौं । सरकारले विद्यालय शिक्षा विधेयक, २०८० आज संसद्मा पेस गरेको छ ।
संसद्मा पेस गर्नका लागि अनुमति माग्ने प्रस्तावविरुद्ध नेमकिपाका सांसद प्रेम सुवालले दर्ता गराएको विरोधको सूचना बहुमतबाट अस्वीस्कृत भएको थियो । त्यसपछि शिक्षामन्त्री अशोक राईले संसद्मा विधेयक टेबुल गरेका हुन । अब उक्त विधेयकमाथि सैद्धान्तिक छलफल भएर त्यहाँबाट स्वीकृत भएपछि दफावार छलफलमा पठाइनेछ । दफावार छलफल सकाएर पारित गरिएपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउनेछन ।
राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित गरिएपछि नयाँ ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।