१४ असोज, काठमाडौं । अभिनेता अनमोल केसीलाई खोजेको बेला उपस्थित हुने गरी हिरासतमुक्त गर्दै अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको प्रहरीले बताएकाे हाे ।
रिहा भएपछि अनमोल केसी घरबाट मगाएको गाडी चढेर प्रहरी कार्यालयबाट निस्किएका छन् ।