१५ असोज, काठमाडौं । दाङमा डेङ्गु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा माडी गाउँपालिका–२ घर्ती गाउँका ५१ यज्ञबहदुर डांगी रहेका छन् ।
स्वास्थमा समस्या देखिएपछि आइतबार दाङको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा भर्ना भएका डांगीलाई डेङ्गु सङ्क्रमण देखिएको थियो ।उनको सोमबार बिहान उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।