|  

अनमोललक्षित प्रदीपको स्टाटस आलोचित

१५ असोज, काठमाडौं । अभिनेता प्रदीप खड्काले अनमोल केसीलक्षित स्टाटसमा आलोचना खेपेका छन् ।

अनमोल पक्राउ परेको विषयमा प्रदीपले घुमाउरो तरिकाले व्यंग्यात्मक स्टाटस लेखेका थिए । उनको पोस्टप्रति सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले आपत्ति जनाएका छन् । कतिपयले ‘महिलाद्वेषी’ विचार भन्दै उनलाई आलोचना गरेका छन् ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएपछि उनी शुक्रबार पक्राउ परेका थिए । आइतबार साँझ अनमोल हिरासततमुक्त भए। सोमबार बिहान अनमोलविरुद्ध विभिन्न उदाहरण दिँदै स्टाटस लेखेका थिए।आलोचनापश्चात उनले अर्को पोस्टमार्फत् कलाकार निर्माता र निर्देशकभन्दा माथि हुन नसक्ने लेखेका छन्।

 

‘कलाकार एउटा निमित्त मात्र हो,  निर्देशक र निर्माता भन्दा माथि हैन। म कलाकार भएर यो स्विकार्दै गर्दा निर्माता, निर्देशकहरू अनि सरोकारवाला सम्पूर्णलाई म गलत भए सच्चाइ दिनु हुन अनुरोध। साथै सही भए ऐक्कयवद्धता जनाइदिनुहुन अपिल,’ उनले भनेका छन्।