१५ असाेज, काठमाडौं । भारतीय चर्चित गायक रितो रिबा नेपाल आउने भएका छन् ।
टौवा इभेन्ट र वेलहान इन्टरटेनमेन्टको आयोजनामा यहि असोज २७ गते शनिबार काठमाडौंको ठमेल स्थित फरेनहाइटमा लाइभ कन्सर्टका लागि रिबा आउने भएका हुन् । २७ गते काठमाडौंमा हुने लाइभ कन्सर्टमा रिबाको बेजोड प्रस्तुती रहेको कार्यक्रम संयोजक विजय प्रसाद बस्यालले बताए ।
लाइभ कन्सर्टमा सहभागीका लागी ७ बजे देखि नै खुल्ला गरिने छ भने रिबाले १० बजे आफनो प्रस्तुती दिने आयोजकले जनाएको छ । लाइभ कन्सर्टमा प्रवेशका लाथि १५ सय रुपैंयाँ शुल्क लाग्ने कार्यकम संयोजक बस्यालले जानकारी दिए । टिकट अनलाइन बुकिङ मार्फत गर्न सकिनेछ ।
केही समय अघि रितो रिबालाई इन्डियन आइडल १३ मा टप १५ मा स्थान दिइएन । शोको स्टेजमा उनलाई रिजेक्ट गरिए पनि सामाजिक सञ्जालमा निकै रुचाइएको छ । जजहरुको रिजेक्टपछि नै उनको भाग्य चम्किएको छ ।