१५ असाेज, काठमाडाैँ । गायक भरत लिमेल मगरको ‘तिम्रै मोया छ’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ।
खोटाङको बराहपोखरी गाउँपालिका–१ पिप्लेमा जन्मिएका उनको उक्त नयाँ गीति सङ्ग्रहमा निर्माण गरिएको म्युजिक भिडियो ओएसआर डिजिटल नेपाल युट्युब च्यानलबाट आइतबार साँझ सार्वजनिक गरिएको हो ।
दिनेश सुवेदीको शब्द तथा करसाङ लामाको सङ्गीत रहेको उक्त गीतमा गायक मगरसँगै चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको छ भने गीति म्युजिक भिडियोमा चर्चित नायिका रस्मिला तामाङ तथा जीवन बस्नेत, किरन मगर, राजु श्रेष्ठ, परिश्ना बस्तोला र भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा–२०८०’ अन्तरगत नृत्य विद्याका उपविजेता सुवास विश्वकर्माले अभिनय गरेका छन्।
अर्जुन खड्काले सम्पादन गरेका उक्त म्युजिक भिडियोको निर्देशन राजु श्रेष्ठले र कोरियोग्राफी मनोज तामाङले गरेको गायक मगरले जानकारी दिए।