१५ असाेज, काठमाडौं । नेकपा एमालेको प्रथम कोशी प्रदेश अधिवेशन अन्तर्गत मतगणना सुरु भएको छ।
सुरुवाती मतगणनामा अध्यक्ष पदमा घनश्याम खतिवडाले अग्रता लिएका छन्।
जम्मा ९७७ मत खसेकोमा हाल २६२ मत गणना भएको छ। जसमा खतिवडाले १४१ मत ल्याउँदै अग्रता लिएका छन् भने उनका प्रतिस्पर्धी विनोद ढकालले १२१ मत प्राप्त गरेका छन्।