|  

एमाले कर्णालीको अध्यक्षमा शाहको जित सुनिश्चित

१५ असाेज, काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलाबजङ्ग शाह विजय हुने निश्चित भएको छ । 


पछिल्लो मतगणनाअनुसार उनले ३१० मत पाएका छन् भने अर्का उम्मेदवार मीन बहादुर शाहीले १६४ मत पाएका छन् । यस्तै प्रकाश रोकायाले ४ मत पाएका छन् । 

अब १०९ मत गणना हुन बाँकी रहेकाले उनले जारी मतगणनामा गन्न बाँकीभन्दा बढी मतान्तर बनाएसँगै विजय सुनिश्चित भएको हो ।