शुक्रवार ४ जेष्ठ, २०८२  | Friday 16 May, 2025 

सोमपालले लिए भारतको दोस्रो विकेट

१६ असोज, काठमाडौं । एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटअन्तर्गतको पहिलो क्वाटरफाइनल खेलमा नेपालले भारतको दोस्रो विकेट लिएको छ । 

सोमपाल कामीले भारतका तिलक वर्मालाई आउट गराए । १० बल खेलेका वर्मा मात्र २ रन बनाए पेभेलियन फर्किए ।  यसअघि दीपेन्द्र सिंह ऐरीले भारतीय कप्तान ऋतुराज गायकवाडलाई रोहित पौडेलको हातबाट क्याचआउट गराएका थिए।  २३ बल खेलेका गायकवाड २५ रन बनाएर पेभेलियन फर्किएका थिए । 

सुरुवातमा विस्फोटक ब्याटिङ गरेको भारतका यशस्वी जयसवाल लयमा देखिएका छन् । ३७ बलको सामना गर्दा जयसवालले ७९ रन बनाएका छन् । उनले ६ छक्का र ६ चौका प्रहार गरेका छन् ।