|  

नेपाललाई भारतले दियो २ सय ३ रनको लक्ष्य

१६ असोज, काठमाडौं । १९ औँ एसियाली खेलकुद अन्तर्रगत क्रिकेटको क्वार्टरफाइनलमा भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।

चीनको हान्झाउमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट २ सय २ गुमाएर रन बनायो । भारतका यशश्वी जयशवालले शतक प्रहार गरे । उनी एक सय रनमा आउट भए । यस्तै, रिंकु सिंहले १५ बलमा ३७ र शिवम् दुवेले १९ बलमा २५ रन बनाए । ऋतुराज गाइक्वाडले २५ रन बनाए ।

बलिङतर्फ नेपालका दीपेन्द्रसिंह एरीले दुई तथा सन्दीप लामिछाने र सोमपाल कामीले एकरएक विकेट लिए । चीनको हान्जाउमा सोमबार भएको लक्की ड्रमार्फत नेपालले प्रतिद्वन्द्वीको रूपमा भारतलाई पाएको हो ।भारतलाई पराजित गर्न सके नेपालले सेमिफाइनलमा स्थान पक्का गर्नेछ। नेपालले माल्दिभ्स र मंगोलियालाई ठूलो अन्तरले हराउँदै अन्तिम ८ मा स्थान बनाएको थियो ।

अन्तर्राष्ट्रिय टी-२० मा पहिलोपटक नेपाल र भारत आमने/सामने हुँदैछन्। विश्वकपको कारण भारतले आफ्नो दोस्रो रोजाइको टोली पठाएको छ । तर भारतले दोस्रो रोजाईको भनेर पठाएको टोली स्टार खेलाडीले भरिएको छ । भारतीय टिममा रहेका सबै खेलाडीले इन्डियन प्रिमियर लिग आईपीएल खेलिरहेका छन्न भने धेरै खेलाडीले राष्ट्रिय टोलीमा स्थान पाएका छन् ।