१६ असोज, काठमाडौं । १९ औं एसियाड अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रशिला महर्जन विजयी भएकी छन् ।
बिनजियाङ जिम्न्यासियममा आज भएको अन्तिम ३२ को खेलमा रशिलाले मंगोलियाकी म्याग्मार्तेसेरनलाई २१-४, २१-७ ले पराजित गरेकी हुन् । जितपछि रशिला अन्तिम १६ मा प्रवेश गरेकी छन । उनले अब जापानकी नात्सुकी निदाइरा र चीनकी एचई बिनगिजाओबीचको खेलको विजेतासँग खेल्नेछिन ।
महिला सिंगल्सकै अर्को खेलमा नेपालकी अनुमाया राई भने थाइल्याण्डकी पोर्नपावी चोचुवोङसँग २१-४, २१-७ ले पराजित भइन ।