|  

फिल्म ‘हात्तीछाप’ को पोस्टर सार्वजनिक

१६ असोज, काठमाडौं । सिमोस सुनुवारले निर्देशन गरेको फिल्म ‘हात्तीछाप’ को पोस्टर सार्वजनिक भएको छ ।

सोमबार निर्माण टिमले फिल्मको दुई पोस्टर सार्वजनिक गरेका हुन् । सार्वजनिक पोस्टरमा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विल्सन विक्रम राई, विजय बराललाई प्रस्तुत गरिएको छ ।

फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, विनोद न्यौपाने, कविता आले, सुष्मा निरौला, रियर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, बेन भुजेल, अनिता गिरीलगायत कलाकारको अभिनय छ ।

फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन्।किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा पुष्कर गुरुङ र अमला देवी राईको लगानी छ । सुशान्त प्रजापतिले फिल्मको छायांकन गरेका हुन्।यो फिल्म माघ २६ गतेदेखि प्रदर्शन हुनेछ।