|  

एनसेलले ल्यायो ‘अलवेज अन डेटा’प्याक

१६ असोज, काठमाडौं । एनसेल आजियाटाले आकर्षक डेटा प्याक ‘अलवेज अन डेटा’ ल्याएको छ ।

यो प्याक सञ्चालनमा आएसँगै अब एनसेलका ग्राहकले कर सहित मात्र  १०० रुपैयाँमा आफू जहाँ भएपनि लामो समयसम्म मोबाइल डेटाको फाइदा लिन सक्छन् । यो डेटा प्याकमा ग्राहकले १ जिबी डेटा पाउँछन् र यसको प्रमुख विषेशता भनेको यो डेटा भोल्युम २८ दिनसम्म मान्य रहन्छ ।

ग्राहकहरूले एष्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्राप्त जानकारी अनुसार यो प्याक सुरू गर्न सक्छन्।यसैगरी, एनसेलले आफ्नो विद्यमान सोसल मिडिया डेटा प्याकमा इन्स्टाग्राम थपेको छ । ग्राहकले अब कर सहित मात्र १९१ रुपैयाँमा ७ दिनका लागि ननस्टप युट्युब, फेसबुक, टिकटक र इन्स्टाग्रामको पनि पहुँचको फाइदा लिन सक्छन् ।

ग्राहकले एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स६ह्यास डायल गरेर यो प्याक लिन सक्छन् । त्यस्तै, कर सहित ४५९ रुपैयाँमा ग्राहकलेफेसबुक, युट्युब, टिकटकका साथै इन्स्टाग्राम प्रयोग गर्न दैनिक २८ दिनसम्म १=५ जिबी डेटा लिन सक्छन् ।

यस बाहेक यो प्याकमा ग्राहकले ८ जिबी अल टाइम प्याक पनि पाउँछन् । २८ दिनको समयसीमा रहेको यो प्याक एष्ट्रिक्स१७१२३एष्ट्रिक्स५एष्ट्रिक्स७ह्यास डायल गरेर लिन सकिन्छ । अलवेज अन डेटाले ग्राहकहरूलाई सुलभ मूल्यमा सधैं सम्पर्कमा रहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।