|  

सरकारले खेलाडीहरूलाई पुरस्कार दिन बिसिर्योः सांसद शाह

१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारले खेलाडीहरूलाई पुरस्कार दिन बिर्सेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले खेलाडीहरूलाई सरकारले आश्वासन दिएको तर पुरस्कार रकम भने नदिएको बताएका हुन । उनले भने, ‘आज पनि क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । तर, सरकारले पुरस्कार दिन बिर्सेको छ । सरकारले बिर्सेको कुरा सदनमा पटक/पटक उठाउँदा लाज लागेको छ ।’

प्रधानमन्त्रीले दिन्छु भनेर भने पनि खेलाडीले नपाएकोमा उनले ध्यानाकर्षण गराए । उनले भने, ‘खेलाडीको पुरस्कार रकम १७ लाख पुगिसकेको छ । तर, सरकारले २ रुपैयाँ पनि खेलाडीलाई दिएको छैन ।’