|  

एमाले गण्डकी अधिवेशनः अझै सुरु भएन निर्वाचन प्रक्रिया

१६ असोज, काठमाडौं ।  क्लस्टरमा सहमति जुट्ट नसक्दा नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

दिउँसो ३ बजेबाट मनोनयन उम्मेदवारी फाराम वितरण र दर्ता हुने तालिका थियो । तर, हालसम्म निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।