|  

प्रतिनिधिसभाको बैठक स्थगित 

१६ असोज, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । गणपूरक संख्या नपुगेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले पेश गरेको विद्युत विधेयक छलफलक‍ा लागि संख्या नपुगेको हो । नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्नेमा प्रतिनिधिसभाको एक चौथाई सदस्य हुनुपर्ने व्यवस्था छ ।

तर, ६६ सांसदमात्रै भएपछि सभामुखले कार्यसूचीबाट हटाएर बैठक स्थगित गरेका हुन् ।
अर्को बैठक अब बिहीबार दिउँसो १ बजे बस्ने बताए।