|  

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक जनाको निधन

१५ असाेज, काठमाडाैँ । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक जनाको निधन भएको छ।

जयपृथ्वी नगरपालिका-११ स्थित ओखरमा एक जनाको निधन भएको हो। मृत्यु हुनेमा करिव ४० वर्षीय गुनमति धामी रहेको प्रहरीको भनाइ छ।