|  

प्रमुख दलको विदेश सम्बन्ध सत्ता केन्द्रित छः अध्यक्ष लिङ्देन

१६ असाेज, काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले सत्ता टिकाउनका लागि मात्र विदेशसँग सम्बन्ध राख्ने गरेको आरोप लगाएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित नेपालको परराष्ट्र नीतिः विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीमा अध्यक्ष लिङ्देनले अहिले नेपालको परराष्ट्र नीति नै नभएको  भन्दै सरकारले सत्ता टिकाउनका लागि मात्र विदेशसँग सम्बन्ध राख्ने गरेको आरोप लगाएका हुन् । 

‘अहिले नेपालको परराष्ट्र नीति छैन भनेपनि हुन्छ । सरकारले त्यस देशसँग राखेको सम्बन्ध त आफ्नो सत्ता कसरी टिकाउँने यस्तो घिन लाग्दो कि एउटा देशसँग लिने ऋण सहयोग पनि पार्टीको व्यक्तिको लाभसँग गाँसेर लिने गरेपछि त्यो देशसँग कस्तो सम्बन्ध हुन्छ ? देशका प्रमुख दलहरुको विदेश सम्बन्ध सत्ता केन्द्रित सम्बन्ध छ ।’  उनले भने । 

अध्यक्ष लिङ्देनले सत्तामा भएकाहरुले सबैलाई खुसी पार्ने नाममा देशलाई भद्रगोल बनाएको टिप्पणी गरे । उनले भने, ‘सत्तामा बस्ने मानीस के भन्छन् भने । विदेशीको कुरा काट्न सक्दैनौ भन्छन् । उनीहरुले कुट्नैतिक भाषामा अन्तराष्ट्रिय सम्बन्धमा ईग्नोर गरेर जान सक्दैनौं भन्छन् । र सबैलाई खुसी पार्ने नाममा अहिले भद्रगोल सृजना भएको छ ।’