|  

नेपालमा डेंगी संक्रमितको संख्या ४६ हजार नाघ्यो

२१ कात्तिक, काठमाडौं । नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४६ हजार नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।

डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म दुई हजार ५५३ जना संक्रमित भएका छन् ।