|  

अब इन्स्टाग्राम अकाउन्ट बिनै थ्रेड्स प्रोफाइल डिलिट गर्न सकिने

२९ कात्तिक, काठमाडौं । मेटाले थ्रेड्स अकाउन्ट डिलिट गर्न सकिने फिचर ल्याएको छ ।

इन्स्टाग्राम अकाउन्टबिनै थ्रेड्स अकाउन्ट डिलिट गर्न सकिने गरी नयाँ फिचर ल्याएको इन्स्टाग्राम प्रमुख एडम मोसेरीले एक पोस्टमार्फत जानकारी दिएका छन् ।प्रयोगकर्ताहरूको गुनासो सम्बोधन गर्न ल्याइएको यो फिचर थ्रेड्सको सेटिङभित्र हुने ुडिलिट अर डिएक्टिभेट प्रोफाइलुबाट प्रयोग गर्न सकिने छ ।यदि प्रयोगकर्ताले थ्रेड्स अकाउन्ट डिलिट गर्न नचाहे डिएक्टिभेट गर्न सक्नेछन् ।

त्यस्तै मेटाले थ्रेड्समा गरिने पोस्ट फेसबुक र इन्स्टाग्राममा पनि सँगसँगै पोस्ट गर्ने फिचरलाई पनि वैकल्पिक बनाएको छ । यसर्थ अब थ्रेड्समा गरिने पोस्ट त्यहाँमात्र पनि गर्न सकिने छ ।यद्यपि यो फिचर सबै प्रयोगकर्ताले तत्कालै प्रयोग गर्न पाएका छैनन् । इन्स्टाग्राम प्रमुख मोसेरीका अनुसार अगामी दिनमा यसअघि ल्याइएका ह्यासट्याग र डीएम सहित सबै नयाँ फिचर क्रमशः सबै प्रयोगकर्ताकहाँ उपलब्ध हुनेछ ।